गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमण, दिए यस्तो निर्देशन
काठमाडौं, माघ १४ । पछिल्लो समय बागमती प्रदेशका श्रम,रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा अनुगमन तिब्र पारेका छन् ।
अनुगमनका क्रममा उनले यातायात कार्यालयमा रहेका लिखित फाइललाई डिजिटलाईजेशन गर्न निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयमा रहेका अस्तव्यस्त फाइलले ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताएका हुन् ।
मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल सो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइल अनलाइनमा परिणत गर्नुपर्ने औंल्याएका छन् ।
यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाई पनि रुपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्नेमा उनको जोड रहेको छ ।
।
यातायात कार्यालयमा बिचौलियाका कारण इमान्दार कर्मचारीले पनि दोष पाइरहेको उनले बताए । बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन समेत सचेत गराउनु पर्ने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्