संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी हुन्छ : कमल थापा

काठमाडौं, माघ १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य हुने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय थापाले शुक्रबार ट्वीट गर्दै यस्तो बताएका हुन् ।

थापाले पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने गरी कानुन बनेको भन्दै त्यसलाई कुनै पनि बहानामा उलंघन गर्नु नहुनेमा जोड दिएका छन् ।

साथै नेता थापाले संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको भन्दै कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिबिहीन नहुने परिकल्पना गरेको प्रष्ट पनि पारेका छन् ।

‘संविधानमा तीन तहको सरकारको व्यवस्था छ। कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिबिहीन हुने परिकल्पना संविधानमा छैन’, थापाले ट्वीटरमा लेखेका छन् , ‘यही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो। कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ।’

प्रतिक्रिया दिनुहोस्