कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए
काठमाडौं, माघ १४ । कंगोमा विद्राृहीसँगको भिडन्तमा ३३ सैनिक मारिएका छन् । त्यहाँ मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।
त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ । त्यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ ।
यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । त्यसक्रममा यहाँको सेना र केही विद्रोहीहरु घाइते भएका छन् । कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्