उपत्यकाका सीडीओहरुको बैठक बस्दै, नयाँ आदेश जारी गरिने

काठमाडौं , माघ १४ । नेपालमा कोरोनाको तेस्रो लहर चलीरहेको छ । संक्रमण तिब्र गतीमा अगाडि बढेसँगै काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

तर यो प्रणाली लागू गर्दा झन भिड बढेको यात्रुहरुले गुनासो गरेका छन् । यस्तो गुनासो आएपछि अब भने जोरबिजोर प्रणालीलाई थप व्यवस्थित बनाउनका लागि नयाँ आदेश जारी गरिने भएको छ । यसका लागि उपत्यकाका सीडीओहरुको बैठक बस्दै छ । कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्न लागेको हो ।

बैठक आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ ।। जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निणर्य लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।

‘अहिले तत्काल जोर बिजोर हटाउने निणर्य गर्दैनौं’ प्रजिअ रिजालले भने(‘व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको पनि फिडव्याक लिएर निणर्य लिन्छौं ।’ शनिवार नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । प्रजिअ हरुको बैठकमा त्यसबारे पनि छलफल हुनेछ ।

यता विद्यालय सञ्चालनको अनुमति दिनका लागि स्कुलहरुले स्थानीय प्रशासनलाई दबाव दिएका छन् । रात्रिकालीन व्यवसाय गर्नेहरुले पनि व्यवसाय सञ्चालनको अनुमति दिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्