भौतिक पूर्वाधार मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी, कारबाहीको माग
काठमाडौं, माघ १३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं जनता समाजवादी पार्टीका नेतृ रेणुकुमारी यादवविरूद्ध उजुरी दर्ता भएको छ।
नेपाली कांग्रेसका नेता रञ्जित कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दर्ता गरेका हुन्। साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवविरुद्ध उजुरी दर्ता भएको हो।
गत माघ ५ मा रौतहटको गौरमासाम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता कर्णले मन्त्री यादवविरुद्ध जाहेरी दिएका हुन्। कर्णले मन्त्री यादवलाई कारबाहीको माग गरेका छन्। मधेस बलिदान दिवसलाई सम्बोधनका क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि उनको अभिव्यक्ति विवादमा आएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि कांग्रेस नेता कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत् जाहेरी पठाएको बताइएको छ। उनले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष यादवलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र पनि पठाएका छन्।
प्रतिक्रिया दिनुहोस्