यातायातको जोर- बिजोरले झन भीड बढ्यो , प्रावधान फेरबदल गर्ने तयारीमा स्थानीय प्रशासन

काठमाडौं , माघ १३ । कोरोनाले गर्दा यतिबेला काठमडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गरिएको छ । यसो गर्दा झन् भीडभाड बढेको गुनासो आउन थालेको छ । यस्तो गुनासो आएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारी ( सीडीओ) हरूले त्यसतर्फ चासो देखाएका छन् ।

तीन जिल्लाका सिडिओहरुले अघिल्लो बुधबारदेखि जोर-बिजोर नियम लागू गराएका थिए । सार्वजनिक र निजी सेवा प्रदायक संघ(संस्था र कार्यालयहरू खुलिरहेको अवस्थामा सार्वजनिक तथा निजी यातायातमा जोर-बिजोर नियम लागू गरेपछि बस, माइक्रो, टेम्पोलगायतका सार्वजनिक यातायातमा अत्याधिक भीडभाड बढेको छ ।

सोहि विषयलाई मध्यनजर गर्दै छलफलको तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।उनका अनुसार सीसीएमसीसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर-बिजोर हटाउने तयारी गरिएको छ ।

‘हामीले भीडभाड कम गर्नको लागि जोर(बसजोर लागू गरेका हौं, एक साता पनि भयो, तर सीमित यातायातका साधन गुड्दा झ्न बढी भीडभाड भयो, कित अन्य सेवा प्रदायक कार्यालयहरु पनि बन्द हुनुपर्दथ्यो,’ उनले भने, ‘यसलाई हामी आज भोलीमै सहज गराउने प्रयास गरिरहेका छौं ।’ उनले भक्तपुर र काठमाडौंका सिडिओसँग छलफल भइरहेको पनि जानकारी दिए । कोरोनाको तेस्रो लहरसँग अहिले विश्व जुधिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्