राष्ट्रिय सभा निर्वाचन : कुन प्रदेशबाट को भए विजयी ?

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । जस अन्तर्गत लुम्बिनी प्रदेशको महिला सिटमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।एकीकृत समाजवादीकी उम्मेदवार राजेन्द्रलक्ष्मी गैरे एमाले उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन्।

विजयी गैरेले ४ हजार ३ सय ७४ मत प्राप्त गरेकी छन्। एमाले उम्मेदवारले ३ हजार ३ सय १२ मत प्राप्त गरेकी छन्।यसअघि सुदूरपश्चिम प्रदेशको महिलातर्फको सिटमा पनि एकीकृत समाजवादीकी गरिमा कुमारी शाह विजयी भइसकेकी छन्।

शाह प्रदेश सभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।शाहकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १ हजार १५२ मतभार प्राप्त गरेकी छन्।

विजयी शाह नेकपा ()एकीकृत समाजवादी) की केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन्। उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन्। उता राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।

बुधबार दिउँसोसम्म भएको मतदानपछि गरिएको गणनामा नेकपा (एकीकृत समाजवादी) की राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली कांग्रेसका युवराज शर्मा विजयी भएका हुन्।

यहाँ एक्लै मैदानमा उत्रिएको नेकपा एमालेका तीनै उम्मेदवार हारेका छन्। एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई उठाएको थियो।

यहाँ विजयी भएका सत्तारुढ गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन्। उता पराजित एमाले उम्मेदवारले ३३१२ मात्रै मतभार पाएको निर्वाचन कार्यालयले जनाएको छ।

त्यसैगरि उता प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा जयन्ती राई ४३६२ मतसहित विजयी भएकी छिन्। नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी राईले निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीलाई ३३० ले पराजित गरेकी हुन्।गठबन्धनबाट महिलातर्फ उम्मेदवार रहेकी राईले एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन्।

राईले प्रदेशसभाका सांसदहरुको ५२ जनाको २४९६ मत पाएकी थिइन् भने स्थानीय तहका प्रतिनिधिहरुको १२२ जनाको २१९६ मतभार पाएकी हुन्। यसरि हेर्दा राईको पक्षमा ४६९२ मत झरेको हो।

राईकी निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले प्रदेशसभाको ३८ जनाको अर्थात १८२४ मत र स्थानीय तहका प्रतिनिधिहरुको १४१ जनाको २५३८ मतभार पाएकी थिइन्। जसलाई कुल गर्दा भण्डारीको पक्षमा ४३६२ मत झरेको हो।

प्रतिक्रिया दिनुहोस्