सरकारले तीनै तहको चुनाव समयमै गर्छ : प्रवक्ता कार्की
काठमाडौं, माघ १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको चुनाव गर्ने बताएका छन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तह, प्रदेश र सङ्घको चुनाव हुने प्रष्ट पारेका हुन् । आज बुधवार मन्त्रिपरिषद्का् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममाउनले यस्तो बताएका हुन् । संविधानमा व्यवस्था भएअनुसार सबै तहको चुनाव समयमै गराउन सरकारले त्यससँग बाझिएका कानुन संशोधनका लागि कानुनविद्हरूसँग छलफल गरिसकेको पनि उनले जानकारी गराए ।
मन्त्री कार्कीले संविधानले परिकल्पना गरेअनुसार नै स्थानीय तहलाई अझ बढी प्रभावकारी बनाउने गरी अघि बढ्न वर्तमान सरकार प्रतिबद्ध रहेको दोहोर्याए । उनले , ‘स्थानीय तहको चुनावको हकमा, यसलाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ । सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको चुनाव गर्नेछ । यसमा केही दिन अगाडि प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको पाँच दलीय उच्च राजनीतिक संयन्त्रमा कानुनविद्हरूको पनि परामर्श भएको छ । संविधानअनुसार कानुनलाई मिलाएर अगाडि बढाउन उहाँहरूको सल्लाह छ । यसबारेमा छलफल चलिराखेको छ ।’
मन्त्री कार्कीले संसदमा अवरोध नगर्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई फेरि आग्रह गरेका छन्
। उनले एमालेजस्तो प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टीले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलो संसदमा अवरोध गर्न नहुने उल्लेख गरे ।
एमालेले विगत केहि महिनादेखि नै संसद अवरोद्ध गरिरहेको छ । आफुहरुका माग पुरा नभएसम्म संसद चल्न नदिने अडान एमालेले लीएको छ ।
प्रतिक्रिया दिनुहोस्