राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनले जित्छ : अध्यक्ष नेपाल

काठमाडौं, माघ १२ । सत्तासाझेदार दल नेकपा ( एकीकृत समजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचन संविधान र कानून अनुरुप हुनुपर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन संविधानलाई सर्वोपरीमा राखेर सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

एकैपटक तीन तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञसँग विस्तृत छलफल भइरहेको पनि उनले जानकारी गराए ।  बुधवार भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनले जित्ने अध्यक्ष नेपालको दावी छ ।

प्रतिक्रिया दिनुहोस्