विदेशमा कति छन् नेपाली ?
काठमाडौं, माघ १२ । ठूलो संख्यामा नेपालीहरू विदेशमा रहेको पाइएको छ।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाा २०७८ को प्रारम्भिक नतिजाअनुसार विभिन्न देशमा साढे २१ लाखभन्दा बढी नेपाली छन्।
नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेकोमा २१ लाख ६९ हजार ४ सय ७८ जना विदेशमा रहेका छन्।
विदेशमा भएर जनगणनामा अनुपस्थित हुने ७७ जिल्लाकै व्यक्तिहरू छन् । सबैभन्दा बढी विदेश हुने जनसंख्या भएका प्रमुख पाँच जिल्लाहरूमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ छन् । सबैभन्दा कम विदेशमा भएका व्यक्तिहरू भएका जिल्लाहरूमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्