स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ ११ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई मिति तोक्न आग्रह गरिएको जानकारी दिएका हुन्।

निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जान्छ निर्वाचन व्यवस्थापनको काम त्यति नै जटिल बन्दै जाने भन्दै आयोगले छिटो निर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा वैशाखभित्रै निर्वाचन गर्न आयोग तयार रहेको पनि उल्लेख गरिएको छ ।

हेर्नुस् आयोगको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्