कस्तो छ कोरोना संक्रमित ओलीको स्वास्थ्य अवस्था ?

काठमाडौँ , माघ ११ । कोरोनाले यति बेला धेरै जसो नेताहरु आइसोलेसनमा छन् ।त्यसैगरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा पनि कोरोना संक्रमित भएका भएका छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

एमालेले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

अध्यक्ष ओलीले विगत चार दिनदेखि कोरोना संक्रमणका कारण भक्तपुरको बालकोटस्थित निवासमा आराम गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पार्टीका कार्यालय सचिव डा. भीष्म राज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्