राप्रपाले राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

काठमाडौँ , माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले बुधबार हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने निर्णय गरेको छ ।

राप्रपाको मंगलबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।

त्यसैगरी राप्रपाले अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको महामन्त्री पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्