१० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, १० माघ। पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यस्तै भाइरसबाट ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् । यसले दिनानुदिन कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदैगएको तथांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्