आँखुखोलाको ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा
काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीलेदोस्रो त्रैमासमासको रिर्पोट प्रकाशित गर्दै यस्तो विवरण आएको छ । यो नाफा गत वर्षको भन्दा २५४९५ धेरै हो । गत वर्ष यसले ३ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा आँखुखोलाले विद्युत् बिक्रीबाट १३ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले बिद्युत बिक्रीबाट १२ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
तर कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । गत वर्ष ९ लाख २५ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष ४ लाख ४३ हजार भएको छ । हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २२ करोड ५५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४४ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ८० पैसा छ । कम्पनीले उचाढचढावकाबिच पनि केहि सुधार गरको छ ।
प्रतिक्रिया दिनुहोस्