नेपालमा संक्रमित ८८ प्रतिशतलाई ओमिक्रोन भेरिएन्ट
काठमाडौँ, माघ ९ । नेपालमा ८८ प्रतिशत संक्रमितमा नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित कोरोना बारेको अपडेटमा नेपालमा पछिल्लो संक्रमणको स्वरूप हेर्दा करिब ८८ प्रतिशतलाई ओमिक्रोन भेरिएन्ट देखिएको जनाएको हो ।
त्यस्तै मन्त्रालयले ४ प्रतिशतमा डेल्टा भेरिएन्ट देखिएकाले अहिले डेल्टालाई ओमिक्रोनले प्रतिष्थापन गरेको बताएको छ ।
मन्त्रालयले पछिल्लो पटक केन्द्रीय प्रयोगशालामा गरेको जेन सिक्वेंसीङबाट ३२ जनामा २८ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्