सुनको मूल्य: आजको बजारभाउ कति ?

काठमाडौं, माघ ७ । नेपाली बजारमा सुनको मूल्य यो सातभर नै बढेको छ। साताको सुरुवाति दिनदेखि उकालो लागेको सुनको मूल्य शुक्रबार पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य शुक्रबार प्रतितोला एक सय रुपैयाँले बढेको छ।

योसँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको छ। तेजावी सुन पनि प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३२५ रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्