प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं , माघ ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।गएको २९ असारमा देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री देउवाले कोरोना महामारी र समसामयिक राजनीतिक विषयहरूलाई लिएर सम्बोधन गर्न लागेका हुन् ।
र्वोच्च अदालतको परमादेशको बलमा उनी प्रधानमन्त्री चयन भएका हुन् । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्