५ महिनापछि रोकिएको आइपीओ निष्कासन अब भने धमाधम , ५ कम्पनीले पाए अनुमति
काठमाडौं, माघ ६ । विगत ५ महिना देखि रोकिएको आइपीओ निष्कासन अब भने धमाधम हुने भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले ५ कम्पनीहरुलाई आइपीओ निष्कासन गर्ने अनुमति दिएको छ ।
बोर्डमा प्रमुख नहुँदा आइपीओ निष्कासन प्रभावित भएको थियो । २४ कम्पनीहरूको मात्र आइपीओ निष्कासन अनुमति मागेका छन् ।
हिजो निष्कासन अनुमति पाउने कम्पनीहरु यस्ता छन्
१. बलेफी हाइड्रोपावर
– ३६ करोड ५५ लाख ९४ रुपैयाँको ।
२.ग्रीन भेन्चर
-६२ करोड ५० लाख रुपियाको ।
३. जल्पा सामुदायिक लघुवित्त
– ५ करोड २२ लाख रुपैयाँको ।
४. रास्ट्र उत्थान लघुवित्त
-८ करोड ५० लाख
५. नेस्डो समृद्ध लघुवित्त
– ८ करोड २८ लाख
प्रतिक्रिया दिनुहोस्