एक सातामै ह्वात्तै बढे कोरोना संक्रमित, संक्रमण दर ४० प्रतिशत
काठमाडौं, माघ ५ । नेपालमा बितेको एक सातामै करिब ३० प्रतिशतले कोरोना संक्रमित बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको एक सातायता नेपालमा कोरोनाको फैलावट झण्डै दोब्बर नजिक पुगेको छ।
बुधबार गरिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्ण पौडेलले बुधबार यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार गत हप्ता ६२ हजार ७५३ कोरोना परीक्षण भएको थियो। तर एक सातायता ५४ प्रतिशतले बढाएर ९६ हजार आरटी पीसीआर परीक्षण भएको छ।
जसबाट ३९ हजार ३४२ मा कोरोना पुष्टि भएको छ। अर्कातिर संक्रमण दर पनि बढेर ४०.६ प्रतिशत पुगेको छ। पौडेलका अनुसार पछिल्लो हप्ताको तुलनामा २७.३ प्रतिशतले संक्रमित बढेका छन्।
त्यस्तै गत साता २९ हजार ७०९ एन्टिजेन परीक्षणमा २२ सय ११ लाई संक्रमण पुष्टि भएको थियो। तर यो हप्ता १२.५ प्रतिशतले बढाएर ३३ हजार ४ सय २० एन्टिजेन परीक्षण गरिएको छ।
जसमा ७२ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। एन्टिजेनतर्फ पनि संक्रमण दर २१. ६ प्रतिशत पुगेको छ। जुन पछिल्लो हप्ताको तुलनामा १४.२ प्रतिशतले बढेको हो।
पौडेलले यो तथ्यांक अनुसार नेपालमा कोभिड-१९ संक्रमण तीव्र गतिमा बढ्दै गएको पुष्टि गरेको बताउँदै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै उडान भर्न आग्रह
वायुसेवा सञ्चालक संघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रदान गर्न आग्रह गरेको छ।
बुधबार बसेको कार्यसमितिको बैठकले आन्तरिक हवाइ उडानमा सुरक्षा मापदण्डको पूर्ण परिपालना गर्न ४ बुँदे सूचना जारी गरेको हो।
संघले वायुसेवा कम्पनीलाई हवाइजहाजभित्र सेनिटाइजको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाइजहाज र ब्यागेज निःसंक्रमित गर्नुपर्ने बताएको छ।
त्यस्तै चेकइन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्न अनुरोध गरेको छ।
म्पनीहरुलाई हवाइयात्रुहरुले विमानस्थल प्रवेश गर्दा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड मोबाइलमा फोटो देखाए पनि हुने व्यवस्था गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्