संचित रकम सकियो, तेल किन्न ऋण लिनु पर्ने अवस्था आयोः आयल निगम
काठमाडौं , माघ ४ । नेपाल आयल निगमले संचित रकम सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ। निगमले तेल व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको बताएको छ।
निगमले विज्ञप्ति जारी गर्दै अन्तराष्ट्रिय बजार मूल्य अनुरुप नेपालमा तेलको मूल्य समायोजन गर्न नसक्ने स्थिति आएको बताएको छ। ‘निगमसँग संचित बचत शू्न्यको अवस्थामा पुगेकाले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थित देखिएको छ,’विज्ञप्तिमा उल्लेख छ।
‘यसको व्यवस्थापनका लागि निगमले ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको छ। आउँदा दिनमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रुपैयाभन्दा बढी मासिक घाटा रहि रहने देखिएको हुँदा आगामी घ महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगमलाई न्यूनतम करिब १२ अर्ब रुपैयाँको आवश्यकता पर्ने देखिको छ,’विज्ञप्तिमा उल्लेख छ।
यस्तै निगमले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको ६ महिनाको अवधिमा अनुमानित १९ अर्ब २६ करोड घाटा ब्यहोरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्