उपत्यकामा ३६ बुँदे आदेश जारी, आज राति देखि लागू हुने, के- के गर्न पाइन्छ ? (आदेशसहित)
काठमाडौं , माघ ४ । नेपालमा कोरोना तेस्रो लहर प्रवेश गरेसँगै आम नागरिकमा फेरि डर त्रास फैलीएको छ। पछिल्लो समय
एकाएक संक्रमण बढ्दै जान थालेको ।
यसको रोकथामका लागि सरकारले विभिन्न आदेशहरु जारी गरेको छ । यता काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ३६ बुँदे आदेश जारी गरेका छन् ।
मंगलबार बसेको तीन जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि आदेश जारी गरेका हुन् । जारी आदेश मध्यराति १२ बजेदेखि लागू हुने जारी सूचनामा उल्लेख छ ।
आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्