एकैदिन ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ माघ । कोराना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथांक अनुसार २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी संक्रमित थपिनेमा काठमाडौं रहेको छ । काठमाडौंमा २९४३ं, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको मन्त्रालयको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्