श्री स्वस्थानी व्रत आजदेखि सुरु

काठमाडौं, ३ मानघ । आजदेखि श्री स्वस्थानी व्रत तथा माधवनारायणको पूजा सुरु भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने र विशेष गरि हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरू भएको हो । पौष शुल्क पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा बाचन र श्रवण गर्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । पुरापूर्वककालमा श्री स्वस्थानी ब्रतको प्रभावले पार्बतीले श्री महादेव स्वामी पाएको धार्मिक किंवदन्ती छ ।

हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरूआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रतकथा सुन्ने र सुनाउने परम्परा छ ।

कोभिड–१९ को महामारीको कारण शालीनदी मेलाका लागि समितिले बढीमा १५० जना ब्रतालु राख्ने गरी ब्रत पूजा सञ्चालन गरेको छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश ९हालको साँखु क्षेत्र० को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले, साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्