३० प्रतिशतले लगाए खोपको पूर्णमात्रा, फेरि एक हप्तामै २१ प्रतिशत बढ्यो संक्रमण
काठमाडौं,माघ २ । नेपालमा कुल जनसंख्याको करिब ३० प्रतिशतले खोपको पूर्णमात्रा लगाएका छन्।
५२.१ प्रतिशतलाई कम्तीमा एकमात्र र २९.९ प्रतिशतलाई पूर्णमात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, १८ वर्षमाथिका ७९.५ प्रतिशतलाई पहिलो मात्रा र ६०.९ प्रतिशतलाई पूर्णमात्रा खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै र तेस्रो लहर फैलन थालेसँगै अग्रपंक्तिमा कार्यरतहरुले लागि बुस्टर डोज दिनसमेत थालिएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेका मन्त्रालयले जनाएको छ ।त्यसैगरि नेपालमा कोरोना संक्रमण एक हप्तामै २१ प्रतिशतले बढेको छ।
गतहप्ता ५८ हजार ३०० नमूना परीक्षण गर्दा ३ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो। यो हप्ता ७५ हजार ६१० जनामा परीक्षण २१ हजार १४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा गएको २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आज होम आइसोलेसनमा २४ हजार ५८४ र संस्थागत आइसोलसनमा १ हजार ९६ जना रहेका छन्।
यस्तै, आज आईसीयूमा १२२ जना रहेकोमा भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्