नेपालमा कोरोनाः २४ घण्टामा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि , ३ जनाको मृत्यु

काठमाडौँ , माघ २ । नेपालमा थप ४९६१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४५३४ र एन्टीजेन परिक्षणबाट ४२७ गरि कुल ४९६१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६।१ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १२६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १२५६२ पिसिआर र २५६९ नमुना एन्टीजेन परिक्षण गरि कुल १५१३१ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ६८० पुगेका छन् । त्यस्तै आइसीयुमा १२२ जना छन् भने देशभर २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ११२१ जना छन् भने होम आइसोलेसनमा २४ हजार ५८४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५३ हजार ३१२ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३४७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा २५४५ जना, ललितपुरमा ४७४ जना र भक्तपुरमा ३२८ जना गरि कुल ३३४७ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्