पशुपतिको धर्मशालालाई सेभेन स्टार बनाइएको रहेछ: मन्त्री आले
काठमाडौं , माघ २ । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् ।
आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् ।
आलेले निरीक्षणपछि धर्मशालालाई सेभेन स्टार होटल बनाएको आफुले पाएको प्रतिक्रिया दिए । उनले छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यो भोलि नै प्रष्ट हुने बताए ।
आलेले छानबिन समितिको प्रतिवेदनपछि नै त्यसको निष्कर्षको आधारमा कारवाही अगाडी बढाउने बताए ।भारतको सहयोगमा बनेको धर्मशालामा एक कोठाको एक बेडमा ११ हजार सम्म उठाउने किसिमले बनेको आफुले पाएको मन्त्री आलेले बताए ।
मन्त्री आलेले आफ्नै पार्टीको पुर्वमन्त्रीले यो कम गरेको भएपनि आफुले यहि स्प्रिटका साथ काम गर्थे भन्दै उनले आफुले कुनै राजनीतिक प्रतिशोध नसाधेको बताए ।
धर्मशालामा कैयौं संरचना अनुमति नलिएर बनाएको पाइएको बताउदै प्रतिवेदन सार्बजनिक भएपछि अगाडी बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्