सीमा समस्यामा सत्तारुढ गठबन्धनको मौनता रहस्यमय : राप्रपा

काठमाडौं , माघ १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक कालापानी क्षेत्रमा भारतले सडक बनाइरहेको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक अभिव्यकित दिँदा पनि नेपाल सरकार र सत्तारुढ गठबन्धनको मौनता दुःखद र रहस्यमय भएको बताएको छ । राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक विज्ञप्ति जारी गर्दे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले एकतर्फी रूपमा लिपुलेक र कालापानी क्षेत्रमा सडक निर्माण गरिरहेको खुलासा गर्नु नेपाली सार्वभौभिकताको विरुद्धमा रहेको र त्यसको प्रतिवाद सरकारले गर्नुपर्ने बताउँदै विज्ञप्तिमा भनिएको छ । ‘तर, भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय छ ।’

हेर्नुहोस् विज्ञप्ति : 

 

प्रतिक्रिया दिनुहोस्