धादिङ पहिरोमा पुरिएका तीन जना अझै भेटिएनन् , खोजीमा सेनासहितको टोली

 

काठमाडौं, पुस ३० । धादिङमा पहिरोमा पुरी बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन् । उनीहरुको खोजतलास गर्न
यतिबेला थप जनशक्ति परिचालन भएको छ ।

बिहीबार बिहान करिब साढे ७ बजे रूबीभ्याली गाउँपालिका(१ पुरूमा खसेको पहिरोमा उनीहरु पुरिएका थिए । पुरिएकाहरूको खोजी गर्न थप जनशक्ति परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। शुक्रबार पनि बिहानै देखि बेपत्ता भएकाहरूको खोजी गरिएको भएपनि अझै पनि बेपत्ताहरूको अवस्था अज्ञात रहेको उनले बताए ।
काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बेपत्ता रहेका छन्। उनीहरूले सडकको ट्र्याक खनिरहेको अवस्थामा पहिरो खसेको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जम्मा ३६ जना मिलेर खोजी गर्ने काम भइरहेको भइरहेको छ ।

त्यसैगरि बेपत्ताका परिवार पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्