ललिता निवास जग्गा प्रकरण : छुटे सुवेदी दम्पती

काठमाडौं ,पुस २८ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दम्पतीलाई हाजिरी जमानीमा छुटेका छन् ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बिचौलिया आरोपमा नियन्त्रणमा लिएका लेखनदास ५७ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५५ वर्षीया माधवी सुवेदीलाई मंगलबार हाजिरी जमानीमा छाडिएको हो । आवश्यक परेका बेला उपस्थित हुने शर्तमा ब्युरोले उनीहरूलाई आफन्तको जिम्मामा छाडेको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए ।

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्