माधव नेपाललाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं ,पुस २७। पछिल्लो समय देशभर कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ ।

यसैबचि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभलिइरहेको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।

केहिदिन अघि माधै माओवादिका नेताहरुमा पनि संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्