थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि , मृत्यु शुन्य

काठमाडौ‌, पुस २४ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २९७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ३६२ जना, ललितपुरमा ९४ जना र भक्तपुरमा २५ जना गरि कुल ४८१ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौँ उपत्यकामा कुल २९७५ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा १६७६ जना, ललितपुरमा ७२३ जना र भक्तपुरमा ५७६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्