ओमिक्रोन बढेपछि बस्यो सीसीएमसीको बैठक, महत्वपूर्ण निर्णय हुँदै

काठमाडौं, पुस २३ । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बसेको छ। प्रधानमन्त्री संयोजक रहेको बैठक शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको हो।

छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण बढिरहेकाले त्यसबारे छलफल गर्न बैठक बसेको बताइएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव, प्रधानसेनापतिलगायत सीसीएमसीका अधिकारीहरू सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्