संसद् अवरोध हटाउन आग्रह गर्न देउवा र प्रचण्ड ओली निवास जाने
काठमाडौं , पुस २३ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास जाने भएका छन् ।
अदालतमा विचाराधीन मुद्दामा संसद् अवरोध नगर्न आग्रह गर्न उनीहरु दुवै ओली निवास बालकोट जान लागेका हुन् ।
उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्यका लागि दुवै नेताहरु ओली निवास पुगेर आग्रह गर्ने बताए ।
यता एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको पद खारेज नगरेसम्म संसदको अवरोध जारी रहने अडान लीएको छ ।
प्रतिक्रिया दिनुहोस्