सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्छ: मन्त्री श्रेष्ठ
काठमाडौं , पुस २३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताएकी छन् ।
नेपाल सहकारी पत्रकार समाज ९सिजेएन०को ११औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने बताएकी हुन् ।
मन्त्री श्रेष्ठले सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा नघट्ने प्रचलन रहेको बताइ। उनले अहिलेको सहकारीलाई परेको समस्याको समाधान ब्याजदर बढाएर भन्दा पनि अन्य तरिकाले गनुपर्नेमा जोड दिइन ।
सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरूले काम गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीति बनाउने गरी भिजन पेपर तयार भइरहेको उनले बताइन् ।
मन्त्री श्रेष्ठले पछिल्लो समय सहकारीहरु वित्तीय सुशासन भन्दा बाहिर गएर तथा सहकारी ऐन भन्दा विपरीत काम गरेकाले जनताको विश्वास गुमाउँदै गएको बताइन् । उनले सहकारीहरूले उत्पादनशील क्षेत्रमा लगानी गर्ने भन्दा पनि बचत तथा ऋणमा बढी ध्यान हुने गरेको आरोप जिकिर ग्रीन् ।
केही सहकारीले बदमासी गर्दा सिङगो सहकारी क्षेत्रमा असर परेको मन्त्री श्रेष्ठले बताइन । अहिलेको अवस्थामा नयाँ सहकारी दर्ता भन्दा पनि भएका सहकारीलाई मजबुद र प्रभावकारी बनाउनु पर्ने उनको भनाइ छ । सहकारी मर्जरमा जानुपर्नेमा उनले जोड दिइन् ।
मन्त्री श्रेष्ठले सहकारीमा पछिल्लो समय देखिएका समस्या तथा गुनासोहरू नीतिको कारण भएको हो भने त्यस्ता समाधानको लागि सरकार तयार रहेको बताइन् ।














प्रतिक्रिया दिनुहोस्