नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

काठमाडौँ, पुस २३। नेपालमा पुस महिनामा २४ जनालाई कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार पुस महिनामा ११४६ नमुना मध्ये एस जेने स्क्रिन गर्दा २५० नमुना एस जेने निगेटिभ आएको ति नमुनाको जेने सिक्वेन्सिङ गर्दा २४ नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएको छ ।

नेपालमा पहिलो पटक ओमिक्रोन संक्रमण पुष्टि मङ्सिर २० मा भएको थियो । स्वास्थ्य मन्त्रालयले दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको थियो ।

ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्