अभियन्ता बरालको स्वास्थ्य अवस्था गम्भिर, जीवन रक्षाको अपिल
काठमाडौं, २२ पुस । सामाजिक अभियन्ता तारा बरालको स्वाथ्य अवस्था गम्भिर अवस्थामा पुगेको छ । उनको जीवन रक्षाको लागि सरोकारवालाहरुले माग गरेका छन् ।
अनसनको ५२औं दिन पुगेकोे र स्वास्थ्य गम्भिर अवस्थामा आउँदा समेत राज्यले कुनै सुनुवाई नगरेको भन्दै बिहिबार बराल बचाउ अभियानका सरोकारवालाहरुले पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् ।
सरकारका अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजी, नागरिकता विद्येक, प्रदेश नं ३,४ र ६ लाई भारतसंग व्यापारिक नाका नदिएकाले संघीयता खारेज, सर्वोच्च अदालत पूर्ण रुपमा, महिला माथिहुने दुरव्यवहारको अन्त्य , कारवाही, खाद्यान्न संकट हल गर्न खेतियोग्य जमीनमा बनेका संरचना निर्माण बन्दलगायत मागहरु राखी बराल आमरण अनसनमा छिन् ।
राजधानीको वीर अस्पतालको आइसीयुमा सरकारका प्रतिनिधिहरुले राष्ट्रिय मानवअधिकार आयोगको पहल र गृह मन्त्रालयको समन्वयमा अभियन्ता तारा बरालसँग यहि पुस १४ गते सम्झौता जवरजस्त भएको उनीहरुले आरोप लगाएका छन् ।
सम्झौताको मुलभुत कुरो गोलमेच सम्मेलन गर्नु पर्नेमा वृहत्तर अन्तरक्रिया गर्नु भनि भुक्काएर सम्झौता गरेको ग्रेटर नेपालको संयोजक फणिन्द्र नेपालले बताए ।नेपालले जायज माग राख्दै राष्ट्रियताको लागि बरालबाट अभियान सञ्चालन गरेकाले सबैको सहयोग रहेको बताए ।
अभियानको सहयोगी शरदचन्द्र दाहालले बरालको अनसनको ५२ औं दिनसम्म पनि राज्यले कुनै सुनुवाई नहुनु विडम्बनाको कुरो भएको बताए ।गोप्य रुपमा आमरण अनसन बसेकोमा स्वास्थ्य खराब भएपछि अस्पताल पुर्याइएको प्रहरीको दाबी छ । तारा बरालको स्वास्थ्य ‘गम्भिर’ अवस्थामा पुगेको छ ।
उनी रहेको आइसियु कक्षमा आफ्ना मागहरु लेखिएको ब्यानर झुण्ड्याइएको छ । उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।
















प्रतिक्रिया दिनुहोस्