प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको गुजरात सम्मेलन स्थगित, किन भयो ?
काठमाडौं । भारतमा हुन लागेको १० औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’र स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जाने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कोरोना भाइरसको कारण देखाउँदै स्थगित भएको हो ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्री देउवाको दुई दिने भारत भ्रमण स्वीकृत गरेको थियो । सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८) सम्म गर्ने तयारी थियो ।तर कार्यक्रम रद्द हुन पुग्यो ।
कार्यक्रम रद्ध भएपछि प्रधानमन्त्री देउवाको गुजरात भ्रमणसमेत स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ । देउवाको भ्रमणका लागि परराष्ट्र मन्त्रालय र दुवै देशका दूतावास आन्तरिक गृहकार्यमा जुटेको थियो ।
प्रतिक्रिया दिनुहोस्