देउवालाई शेखरको प्रश्न : के मापदण्ड बनाएर केन्द्रीय सदस्य मनोनयन गर्नु भयो ?
काठमाडौं, पुस २१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार र त्यागी नेतालाई नियोजित किसिमले पाखा लगाउनेविरुद्ध डटेर सामना गर्न आवश्यक रहेको बताएका छन् ।
आफू पक्षीय नेता, कार्यकर्ताहरुलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने विश्राम लागेको छैन । विभाजन, कटुता र असहयोगी भावना नराखौं र पार्टीमा काम गर्ने निष्ठावान इमान्दार, त्यागी नेतालाई नियोजित किसीमले पाखा लगाउनेविरुद्ध डटेर सामना गरौं’, उनले भने ।
उनले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय सदस्य मनोनयबारे प्रश्न गरेका छन् । ‘के मापदण्ड बनाएर केन्द्रीय सदस्य मनोनीत गर्नु भएको हो ? प्रश्न उठेको छ,’ उले भने । उनले कुनै पनि कार्यकर्ताको शीर झुक्न नदिने भन्दै अबको निर्वाचनमा कांग्रेस पहिलो बन्ने बताए ।
कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा पनि गरे ।
डा।कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको रायसुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने पनि बताए । उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे ।
भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए ।
।
















प्रतिक्रिया दिनुहोस्