प्रतिनिधि सभाको बैठक पौष २८ गतेसम्मका लागि स्थगित

काठमाडौँ ,पुस २१ । प्रतिनिधिसभाको बैठक पौष २८ गतेसम्मका लागि सरेको छ ।

संघीय संसद सचिवालयका अनुसार यस अघि पौष २२ गते विहिबारका लागि तोकिएको बैठक २८ गते बुधबार बस्ने भएको हो ।

लगातार नेकपा एमालेको अवरोधका कारण संसद सुचारु हुन नसकेको अवस्थामा पछिल्ला बैठकहरु भने सरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्