थप ३९३ जनामा संक्रमण पुष्टि , ३ को मृत्यु, २४ घण्टामा ३ लाख बढीले लगाए खोप
काठमाडौ, पुस २० । नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या ३ छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैबीच बितेको २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन् ।














प्रतिक्रिया दिनुहोस्