सहकारी क्षेत्रले अनुत्पादक क्षेत्रमा लगानी गर्न हुँदैन: कोषाध्यक्ष गौतम
काठमाडौँ, १८ पुस । समाजवादी प्रेस सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले सहकारी क्षेत्रले अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने बताउनुभएको छ ।
शुभ सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको २० औँ साधरणसभामा उहाँले समबन्धित सहकारीका सदस्यको हितलाई केन्द्रमा राखेर लगानीको कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ कार्यसमितिका निर्वाचित सदस्यसमेत रहनुभएका गैतमले सहकारीले चुक्ता पूँजी, निक्षेप, नाफा र सम्पत्ती वृद्धिगर्नपर्ने बताउँदै खराव कर्जा प्रवहा गर्न नहुने र ऋृण असुलीमा चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त सहकारीका अध्यक्ष सुन्दरप्रसाद पाण्डेले संस्थाको करिब ५३ लाख चुक्त पूँजी रहेको करिब तीन करोड निक्षेपका साथै सोही अनुपातमा कर्जा प्रवाह भएको जानकारी दिनुभयो ।
आगामी दिनमा सदस्यलाई सेवा सुविधा वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा वित्तिय विज्ञ देबेन्द्र रिजालले अर्थतन्त्रको बारेमा चर्चा गर्नु भएको थियो । उक्त कार्यक्रममा कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
















प्रतिक्रिया दिनुहोस्