पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग
काठमाडौं, पुस १८ । । सरकारसँग राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीका दिनमा सार्वजनिक बिदा दिन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो आग्रह गरेका हुन् ।
राप्रपाले ज्ञापनपत्र बुझाएँदै उक्त दिनमा सार्वजनिक बिदा नदिए राप्रपाले देशव्यापी विरोध आयोजना गर्ने कुरा पनि ज्ञापनपत्रमार्फत जानकारी गराएको जनाएको छ ।
साथै एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक बिदान दिन तथा नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न पनि माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्