माओवादी केन्द्रको तीन वटै आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी

काठमाडौं , पुस १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिएको छ ।

आइतबार ढिलोगरी शुरु भएको बन्द सत्रले विधान अनुसारका तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिने निणर्य गरेको हो ।

बन्दसत्र सञ्चालन गर्दै नेता गणेश साहले अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई जिम्मेवारी दिने प्रस्ताव अनुमोदनका निम्ति पेस गरेका थिए ।

सो प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको हो । जारी महाधिवेशनमा माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रिया अन्तर्गत सबैभन्दा पहिला तीन आयोगको नेतृत्व टुंगिएको हो ।

प्रतिक्रिया दिनुहोस्