गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभाका १९ सिटमा भागबण्डा हुने

काठमाडौं, पुस १८।  राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । काँग्रेस महामन्त्री गगन थापाले भने, ‘भोलि बिहान गठबन्धनको बैठक बसेर कुन पार्टीको भागमा कति सबै टुंग्याउँछ ।’

माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलि बिहान लागेको उनको भनाइ छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउनुपर्ने चुनौती छ । प्रदेश एक बाहेकका प्रदेशमा गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । यद्यपि प्रदेश एकमा साना दल र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न सके गठबन्धनले चुनाव जित्न सक्ने आधार भने बाँकी छैन ।

काँग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रियसभाको सिटमा भागबण्डा मिलाउने तयारीमा छन् । काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका खाली भएका चार–चार सिटमा भने भागबण्डा हुने छैन ।

काँग्रेस स्रोतले भन्यो, ‘चार सिट माओवादीको, चार सिट एकीकृत समाजवादीको र ३ सिट नेपाली काँग्रेसको खाली भएको छ । तत् तत् सिट लिने कुरा स्वाभाविक हो । त्यसपछि एमालेबाट ८ सिट बाँकी रहन्छ ।’

त्यसमा १ जनता समाजवादी दललाई दिने काँग्रेसको रणनीति छ । स्रोतका अनुसार काँग्रेसले बाँकी एक–एक सिट माओवादी र एकीकृत समाजवादीलाई दिन तयार हुनेछ । त्यसो गर्दा काँग्रेसले ७, माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले एक सिट पाउने छ । सातै प्रदेशमा मत भारका हिसाबले दोस्रो पोजिसनमा भएकाले ५ सिटमा काँग्रेसले लिने स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘काँग्रेसले राष्ट्रियसभामा कम्तीमा ८ सिट लिन्छ । माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले १ सिट पाउनेछ ।’ राष्ट्रियसभाको सिटमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीति समन्वय समितिले भागबण्डा मिलाउने बुझिएको छ । सत्तारुढ गठबन्धन १९ वटै सिट जित्ने गरी रणनीति बनाएर अगाडि बढ्ने खोजेको छ ।

१९ सिटमा यसरी हुने छ भागबण्डा
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउनुपर्ने चुनौती छ । प्रदेश एक बाहेकका प्रदेशमा गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । यद्यपि प्रदेश एकमा साना दल र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न सके गठबन्धनले चुनाव जित्न सक्ने आधार भने बाँकी छैन ।

काँग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रिय सभाको सिटमा भागबण्डा मिलाउने तयारीमा छन् । काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका खाली भएका चार– चार सिटमा भने भागबण्डा हुने छैन ।

काँग्रेस स्रोतले भन्यो, ‘चार सिट माओवादीको, चार सिट एकीकृत समाजवादीको र ३ सिट नेपाली काँग्रेसको खालि भएको छ । तत् तत् सिट लिने कुरा स्वाभाविक हो । त्यसपछि एमालेबाट ८ सिट बाँकी रहन्छ ।’

त्यसमा १ जनता समाजवादी दललाई दिने काँग्रेसको रणनीति छ । स्रोतका अनुसार काँग्रेसले बाँकी एक–एक सिट माओवादी र एकीकृत समाजवादीलाई दिन तयार हुनेछ ।

त्यसो गर्दा काँग्रेसले ७, माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले एक सिट पाउने छ । सातै प्रदेशमा मत भारका हिसाबले दोस्रो पोजिसनमा भएकाले ५ सिटमा काँग्रेसले लिने स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘काँग्रेसले राष्ट्रिय सभामा कम्तीमा ८ सिट लिन्छ । माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले १ सिट पाउने छ ।’

राष्ट्रिय सभाको सिटमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्च स्तरीय राजनीति समन्वय समितिले भागबण्डा मिलाउने बुझिएको छ । सत्तारुढ गठबन्धन १९ वटै सिट जित्ने गरी रणनीति बनाएर अगाडि बढ्ने खोजेको छ ।

यस्तो छ भागबण्डाको अंकगणित :

प्रदेश नम्बर १
प्रदेश नम्बर १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता रहेका छन् । यस्तै ९२ जना प्रदेश सभा सदस्य रहेका छन् ।

यहाँ एमालेको मतभार ४ हजार ५ सय ४२, काँग्रेसको २७ सय ३६ माओवादी केन्द्रको ९ सय ६०, नेकपा एकीकृत समाजवादीको ६७८, जसपाको २ सय १६, राप्रपाको २ सय १०, लोकतान्त्रिक फोरमको १ सय २६, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८र स्वतन्त्र एक सांसदको ४८ मतभार छ ।

०७४ मा फोरम लोकतान्त्रिक समाहित भएपछि काँग्रेससँग २७ सय ३६ मतभार रहेको छ । फौजदारी कसुरमा अदालतले कैद सजायको फैसला गरेसँगै एमाले सांसद गुलेफुन खातुन फरार छिन् । उनले राष्ट्रियसभामा मत हाल्न पाउने छैनन् । त्यसो हुँदा एमालेका ४८ मतभार घट्ने छ ।

प्रदेश नम्बर २
प्रदेश नम्बर २ मा स्थानीय तहबाट २ सय ६८ मतदाता छन् भने प्रदेश सभा तर्फबाट १ सय ४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको ११ सय ९४, एमालेको ९ सय ४२, नेकपा एसको ७ सय ५०, जसपाको २९ सय ८८, लोसपाको १५ सय ६०, लोकतान्त्रिक फोरमको १ सय ८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक काँग्रेसमा आइसकेको छ । प्रदेशमा काँग्रेससँग २३७० मतभार रहेको छ ।

बागमती प्रदेश
बागमती प्रदेशमा स्थानीय तहबाट २ सय ३७ मतदाता छन् भने प्रदेशसभाबाट १ सय ९ जना रहेका छन् । यहाँ कुल ९ हजार ४ सय ९८ मतभार रहेको छ । यहाँ कुल ९ हजार ८ सय ८८ मतभार छ ।

यो प्रदेशमा एमालेको ४१ सय ५२ मतभार, काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको १६९८ मतभार, विवेकशील साझाको १ स ४४ मतभार, राप्रपाको १ सय ३२ मतभार, नेमकिपाको ९६ मतभार र एक सांसद र २ पालिका प्रतिनिधिबाट ८४ स्वतन्त्र मतभार छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा स्थानीय तहबाट १ सय ७० मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५९ जना मतदाता छन् । यहाँ कुल ५ हजार ८ सय ७४ मतभार छ ।

यो प्रदेशमा सबैभन्दा धेरै एमालेको २५ सय ३८ मतभार, काँग्रेसको २१ सय ७८ मतभार, माओवादी केन्द्रको ७९२, जसपाको ९६, राष्ट्रिय जनमोर्चाको ९६, राप्रपाको १८ र स्वतन्त्र १ सय ३८ मतभार रहेको छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा स्थानीय तहबाट २ सय १५ जना मतदाता रहेका छन् भने प्रदेश सभातर्फ ८१ जना रहेका छन् । लुम्बिनीमा कुल ७ हजार ७ सय ६४ मतभार रहेको छ ।

यहाँ एमालेको ३२ सय ७६ मतभार, काँग्रेसको २ हजार ६४, माओवादीको १६ सय ५०, नेकपा एसको १ सय २०, जसपाको ३ सय २४, लोसपाको ३६, राजमोको ४८, राप्रपाको ३६, लोकतान्त्रिक फोरमको ३६, एक सांसदको ४८ र स्वतन्त्र १ सय २६ मतभार छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा स्थानीय तहबाट १ सय ५६ मतदाता रहेका छन् भने प्रदेश तहबाट ३५ जना मतदाता रहेका छन् । कर्णालीमा कुल ४ हजार ५ सय २४ मतभार रहेको छ ।

यहाँ माओवादी केन्द्रको मतभार १४ सय ९४, एमालेको १४ सय ३४, काँग्रेसको १ हजार ८, राप्रपाको ८४ र स्वतन्त्र १ सय ८ मतभार छ ।

सुदूर पश्चिम प्रदेश
सुदुरपश्चिम प्रदेशमा स्थानीय तहबाट १ सय ७५ मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५२ जना मतदाता रहेका छन् । यहाँ कूल ५ हजार ६ सय ६४ मतभार छ ।

यहाँ काँग्रेसको मतभार १८ सय ७२, एमालेको १७ सय ८८, माओवादी केन्द्रको ९ सय ६६, नेकपा एकीकृत समाजवादीको ९ सय ६, जसपाको ४८, लोसपाको ४८, लोकतान्त्रिक फोरमको ३६ मतभार छ ।

प्रतिक्रिया दिनुहोस्