कोरोना अपडेटः थप २१६ जना संक्रमित थपिए , २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २१३ र एन्टीजेन परिक्षणबाट ३ गरि कुल २१६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ९८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५९६२ पिसिआर र १६६९ नमुना एन्टीजेन परिक्षण गरि कुल ७६३१ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुगेका छन् । त्यस्तै आइसीयुमा ८३ जना छन् भने देशभर १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा २२४ जना छन् भने होम आइसोलेसनमा ४ हजार ७४७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार ८१२ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्