धनुषामा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलायो, ५ जना घाइते, अश्रु ग्याँस पनि प्रहार
काठमाडौं , पुस १८ । धनुषामा गोली चलेको छ । जनमत पार्टीले गरिरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जीतेन्द बस्नेतले जानकारी दिए ।
साथै प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेको हो ।
प्रतिक्रिया दिनुहोस्