माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ , १८ पुस । नेकपा (माओवादी केन्द्र)स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि आज बैठक बसेको हो ।

बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो ।

माओवादीको महाधिवेशन सुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको छ । अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय कमिटी चयनमा भने समस्या देखिएको छ।

केन्द्रीय कमिटी र पदाधिकारी चयनका लागि प्रचण्डले आज पार्टीका शीर्ष नेताहरूसँग छुट्टै छलफलसमेत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्