राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीब्र, यस्तो छ कार्यतालिका

काठमाडौं , पुस १८ । आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ । यसका लागि आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख(उपप्रमुख सहभागी हुने चुनावमा मतदाताको कूल संख्या २ हजार २५ रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कणरलीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता छन् । मतदाताको अन्तिम नामावली भने सोमबार सार्वजनिक गरिनेछ ।

प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय मंगलबारलाई तोकिएको छ । समयावधि सकिएर राष्ट्रिय सभाका १९ जना सदस्य बिदा हुने भएकाले ती स्थान परिपूर्ति गर्न माघ १२ गते चुनाव गर्न लागिएको हो । यसमा सत्ता गठबन्धनका दलले मिलेर चुनाव लड्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्