अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी भइरहेको छ : मन्त्री कार्की
काठमाडौं, पुस १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाईन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।
अनलाईन पत्रकार संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले यस्तो बताएका हुन्।
अनलाईन सञ्चारमाध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि उनले आग्रह गरे। त्यसका लागि सरकारले पनि पत्रकारहरुसँगै बसेर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।
‘अनलाईन सञ्चारमाध्यमलाई अन्य सञ्चारमाध्यम सरह सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा र प्रतिवद्धता व्यक्त गरिसकेको छ। यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिराखेको छ,ु मन्त्री कार्कीले भने, ुअनलाईन पत्रकारिताले व्यवसायिक, निष्पक्ष र मर्यादित पत्रकारितालाई अगाडि बढाईरहेको छ। अवको दिनमा पनि यस्तै कार्य अझ परिस्कृत रुपमा अघि बढन सकून भन्ने अपेक्षा गर्दछु। विश्वसनीयता कायम गर्न, जवाफदेहीता कायम गर्न र यसलाई मर्यादित बनाउनका निमित्त तपाईँहरुबाट विशेष पहल हुनेछ भन्ने मैले अपेक्षा लिएको छु, र यसका निमित्त सरकारले र सञ्चार मन्त्रालयले तपाईहरुको साथमा रहेर काम गर्नेछ।’
प्रतिक्रिया दिनुहोस्